भारतीय कन्टेनरका चालकको हृदयघातका कारण मृत्यु « Khabarhub

भारतीय कन्टेनरका चालकको हृदयघातका कारण मृत्यु


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– मालसामान बोकेर भारतबाट नेपाल आउँदै गरेको कन्टेनरका चालकको हृदयघातका कारण मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका– १६ इनर्वास्थित भन्सार कार्यालयबाट जाँचपास गरेर नेपालतर्फ आउँदै गरेको एचआर–३८–भी–५६०६ नम्बरको कन्टेनरका चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेशअन्तर्गत इटहवाको भरतपुर घर भएका ४५ वर्षीय अवधेश सिंह छन् ।

भन्सार क्षेत्रबाट कन्टेनर बाहिर ल्याउने क्रममा हृदयघात भएका अवधेशलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १० : ५७ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं