भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने  « Khabarhub

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि जर्मन राजदूत डा. फिलिप एकरमानले यस पटक भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने जनाएका छन् ।

डब्लूआईओएनसँगको कुराकानीका क्रममा राजदूत एकरमानले बैठकमा भारतीय प्रधानमन्त्रीका साथै जर्मन चान्सलर पनि सहभागी हुने उल्लेख गरे ।

साथै बैठकमा दुवै मुलुकका मन्त्रीहरूसहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने उनको भनाइ छ । मिति तय नभइसके पनि यही वर्षको अक्टोबर महिनामा उक्त बैठक डाक्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

पछिल्लो समय सन् २०२२ मा जर्मनीको राजधानी बर्लिनमा उक्त बैठक बसेको थियो । यस्तो बैठक दुई दुई वर्षमा बस्दै आएको छ ।

कुराकानीका क्रममा उनले भारतमा व्यापारको वातावरणमा सकारात्मक सुधार आइरहेको पनि उल्लेख गरे । भारतमा रहेका ८० प्रतिशतभन्दा धेरै जर्मन कम्पनीले लगानी बढाउने तयारी गरिरहेको पनि उनको भनाइ छ

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ५९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका