वैतेश्वरमा सडक मर्मतका लागि १६ जना हेरालु « Khabarhub

वैतेश्वरमा सडक मर्मतका लागि १६ जना हेरालु


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले बर्खायाम सुरु भएसँगै सडक संरक्षण गर्न सडक हेरालु परिचालन गरेको छ। वर्षाद्को समयमा पालिकाभित्रका मुख्य मुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरीएको हो ।

गाउँपालिकाले पालिकाभित्रका प्रत्येक वडामा दुई जनाका दरले  १६ जना सडक हरालुको व्यवस्था गरिएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।सडक मर्मत संहार र हेरचाहका लागि हेरालु परिचालन गरेको अध्यक्ष लामाले बताए ।

बर्खा लागेसँगै सडकमा बग्ने भल तथा ससाना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्य मुख्य ग्रामीण सडक मर्मत संहार गर्न सके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्यूनीकरण गर्न सकिने  भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले मुख्य मुख्य ग्रामीण सडकमा काम गरेबापत हेरालुलाई दिनको ६ सय ६८ रुपैयाँ ज्याला पाउने वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए ।

पालिकाले गत असार १० गते बसेको कार्यपालिका बैठकमा निर्णय गर्दै पहिलो चरणमा अत्यधिक वर्षा हुने असार, साउन र भदौसम्मको लागि हेरालु पहिचान गरेको हो ।

वर्षा लम्बिए पुनः हेरालुको समय थप गर्ने जनाएको छ। पालिकाले नियुक्त गरेका सबै सडक हेरालुले पालिकाअन्तर्गत रहेका मुख्य वडागत सडकको नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा पानी बग्न नदिने, झाडी–झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका कार्य गर्ने उनले बताए ।

– सुबास बस्नेत

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ४० बजे

गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षत्रीले नेपाली कांग्रेसका सभापति

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती