धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु    « Khabarhub

धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु   


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरमा धामी झाँक्री हेर्न आएका समूहको कुटपिटबाट १ जनाको मृत्यु भएको छ । ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।

फिदिम नगरपालिका– १४ मा बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका दिनेशकुमारको सामूहिक कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले खबरहबलाई बताए ।

उनका अनुसार दुई समूहको झगडाबाट एक जनाको मृत्यु भएको हो । के कारणले झगडा सुरु भएको भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी बस्ने कार्यक्रम भएको थियो ।

बिहीबार साँझ राति धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका दिनेशसहित २८ वर्षीय परशुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेतलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए ।

साहका अनुसार कुटपिट गरी हत्यासम्म भएको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

अभियोगमा १ फिदिम नगरपालिका १२ बस्ने वर्ष ३७ को दिनेश मगर, सोही नगरपालिका १३ का २६ वर्षीय विजय लिम्बु र १४ बस्ने वर्ष २८ को सुशील राईलाई पक्राउ गरिएको हो ।

साहाका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ३९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको