हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान « Khabarhub

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख डलर योगदान गरेको छ ।

भारतले ‘हिन्दू एट यूएन’ परियोजनाका लागि ११ लाख ६९ हजार ७ सय ४६ डलर प्रदान गरेको संयुक्त राष्ट्रसंघस्थित भारतीय नियोगले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै नियोगले नियोगका सहचारी आर रवीन्द्रले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको उल्लेख छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन एवम् हिन्दी बोल्ने विश्वका जनतालाई आफ्नै भाषामा सुसूचित गर्ने उद्देश्यले यस्तो सहयोग प्रदान गरिएको हो ।

राष्ट्रसंघको सार्वजनिक सूचना विभागसँगको सहकार्यमा भारतले सन् २०१८ मा ‘हिन्दी एड यूएन’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ५७ बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।