राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता « Khabarhub

राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदीमा पानीको बहाव बढी फसेका दुई जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ ।

 आज दूध बिक्री गरी घर फर्कँदै गरेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादव सो नदीको दोभान फसेका थिए । उनीहरूको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौज सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सोही जिल्लाको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षीय राजकुमार यादवको खोजीकार्य भइरहेको छ । उनी दूध बिक्री गरी घर फर्कने क्रममा  बिहान करिव ९ः३० बजे सो नदीले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षीय गोरे क्षेत्रीको समेत सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : १८ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका