राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता « Khabarhub

राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदीमा पानीको बहाव बढी फसेका दुई जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ ।

 आज दूध बिक्री गरी घर फर्कँदै गरेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादव सो नदीको दोभान फसेका थिए । उनीहरूको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौज सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सोही जिल्लाको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षीय राजकुमार यादवको खोजीकार्य भइरहेको छ । उनी दूध बिक्री गरी घर फर्कने क्रममा  बिहान करिव ९ः३० बजे सो नदीले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षीय गोरे क्षेत्रीको समेत सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : १८ बजे

पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका