देउवाको चेतावनी– सरकार प्रजातन्त्रको खिलाफमा गए कांग्रेसले छाड्दैन | Khabarhub Khabarhub

देउवाको चेतावनी– सरकार प्रजातन्त्रको खिलाफमा गए कांग्रेसले छाड्दैन


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक मान्यताको खिलाफमा लागेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान सरकारले विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको पनि देउवाले आरोप लगाए ।

सोमबार रुपन्देहीको भैरहवामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि तथा मानव अधिकार आयोगसम्बन्धी लगायतका विधेयक ल्याएर सरकारले जनताको प्रजातान्त्रिक अधिकार खोस्ने लागेको आरोप लगाए ।

सभापति देउवाले सरकार एकपछि अर्को गर्दै प्रजातन्त्रको खिलाफमा लागेको उल्लेख गर्दै सरकारका कदमविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने पनि बताए ।

‘हाम्रो पार्टी प्रजातन्त्रको स्थापना र रक्षाका लागि स्थापना भएको हो । अहिलेको सरकार प्रजातन्त्रको खिलाफमा लागेको छ । सरकारका कदमको विरोधमा आन्दोलन गर्नुपर्ने हुनसक्छ,’ देउवाले भने ।

सभापति देउवाले जनताको अधिकार खोस्ने र प्रजातन्त्रको खिलाफमा जाने जोकोहीलाई पनि कांग्रेसले नछाड्ने चेतावनी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  २ : ४० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते