एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

 एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।

बैठकमा पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन लगायत विषयमा निर्णय गरिने पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

शनिबार बसेको बैठकले महाधिवेशनबाट पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको थियो । केही नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी तोक्न खोज्दा विवाद भएपछि बैठक स्थगन गरिएको थियो ।

भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने बताइएको छ ।

शुक्रबार सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : २३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले