एमाले र कांग्रेस मिलेपछि माधव नेपालको दोकान बन्द भयो : महेश बर्तौला « Khabarhub

एमाले र कांग्रेस मिलेपछि माधव नेपालको दोकान बन्द भयो : महेश बर्तौला


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेससँगको समीकरणपछि एकीकृत समाजवादी पार्टीको दोकान बन्द भएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा बर्तौलाले यस्तो बताएका हुन् ।

माधव नेपालले कांग्रेस-एमाले समीकरण सन्देहास्पद रहेको र सरकार पनि बनिनसकेको भनेर गरेको टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा बर्तौलाले अब माधव नेपालको बार्गेनिङ पनि सकिएको बताए ।

‘उहाँलाई त त्यस्तै लाग्छ, उहाँलाई हामीले यस पटक जोडबल गरेनौँ। कांग्रेस र एमालेको सहमतिले उहाँको दोकान बन्द हुने भयो’, उनले भने, ‘संसद्को गणित देखाएर उहाँले जे बार्गेनिङ गर्दै हुनु्हुन्थ्यो, सरकार आजै ढालिदिन्छु, भोलि नै ढालिदन्छु भन्दै हुनुहुन्थ्यो अब त्यो त बन्द भयो, त्यहीकारण उहाँमा त्यो देखिएको हो ।’

नेपालले बार्गेनिङका लागि चलाएको दोकान, व्यवसायले अब काम नगर्ने पनि उनले बताए । ‘उहाँले जे चलाउँदै हुनुहुन्थ्यो, त्यो सकिएपछि त्यो उहाँको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अब माधव नेपालजीहरूको ढोका बन्द भयो ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ०९ बजे

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका