संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी मात्रै : झलनाथ खनाल | Khabarhub Khabarhub

संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी मात्रै : झलनाथ खनाल


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार नितान्त फजुल कुराबाहेक केही नभएको बताएका हुन् ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफुलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिन सक्ने उनले बताएका छन्।

खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमतको सरकार बन्ने गरे पनि कुनै पनि देशका मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्की जस्तै रहेको बताए ।

उनले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । खनालले ठूला पार्टीका नेताहरुमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको बताए ।

उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेको बताए । उनले एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : २३ बजे

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व