जोन सिनाले लिए रेस्लिङबाट सन्यास « Khabarhub

जोन सिनाले लिए रेस्लिङबाट सन्यास


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् ।

क्यानडामा शनिबार राति सम्पन्न डब्लुडब्लूई मनी इन द बैंक प्रतिस्पर्धामा उपस्थित हुँदै सिनाले सन्यासको घोषणा गरेका हुन् ।

उनले भने, ‘आज म आधिकारिक रूपमा डब्यूडब्यूईबाट सन्यासको घोषणा गर्छु ।’

उनको सन्यासले आश्चर्यचकित बनेका समर्थकहरुले रेस्लिङमार्फत् आफूहरुलाई रमाइलो प्रदान गरेकामा धन्यवाद दिए ।

सन् २०२५ मा उनको बिदाइ टुर हुने बताइएको छ । जसमा उनी केही प्रतियोगिता सहभागी हुनेछन् ।

सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन् । उनी कुशल रेस्लर हुन् । उनले १६ पटक विश्व च्याम्पियन बने ।

पत्रकार सम्मेलनमा शारीरिक अशक्तताले रेस्लिङबाट टाढा रहे पनि डब्यूडब्यूईबाट टाढा नरहने बताए ।

सिना अभिनेता पनि हुन् । उनले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट अभियनमा डेब्यू गरेका थिए ।

उनले आधा दर्जनभन्दा बढी ठूला बजेटमा बनेका हलिउड फिल्ममा अभिनय गरेका छन् । बढ्दो उमेरका कारण सन् २०१८ देखि सिना डब्यूडब्यूईमा पार्ट टाइमका रुपमा सहभागी थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : २७ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि