हात्तीको आक्रमणबाट १३ जना घाइते « Khabarhub

हात्तीको आक्रमणबाट १३ जना घाइते


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।

रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको उवा प्रान्तको कटारागामामा आयोजित एक प्रमुख धार्मिक र सांस्कृतिक कार्यक्रम हो ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।

रङ्गीन लुगाले सजाइएको हात्तीहरू श्रीलङ्काको धार्मिक कार्यक्रमहरूमा प्रमुख आकर्षण र परम्परा हुन् । तर यस्ता कार्यक्रममा हात्तीको आक्रमणका घटनाहरू सामान्य हुन् ।

हात्तीलाई शान्त पार्न शोभायात्रामा चर्को आवाज नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ५२ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी