‘घर घरज्वाइँ’ को गीत ’यानीमाया’ सार्वजनिक  « Khabarhub

‘घर घरज्वाइँ’ को गीत ’यानीमाया’ सार्वजनिक 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘घर घरज्वाइँ’ को दोस्रो गीत ’यानीमाया’ सार्वजनिक भएको छ । यस गीतमा फिल्मका मुख्य कलाकारलाई नै स्थान दिइएको छ ।

गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत र स्वर रहेको छ । यही गीतको रिदममा सिनेमाको ब्याग्राउन्ड म्युजिक तयार गरिएको निर्देशकले अनिलब‌ूढा मगरले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए ।

‘घर घरज्वाइँ’बाटै मगरले फिल्म निर्देशनमा डेब्यू गरेका हुन् । उनैले यो कथा लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा  उनलाई विनोद खतिवडा र सुभाष कोइराला सघाएका छन् ।

जीएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

पूर्वी रुकुम आसपासमा यसको छायांकन गरिएको छ । सिनेमामा दयाहाङ र मिरुना मगरसहित , बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मको प्रदर्शन मिति असार २८ गते तोकिएको छ ।

गीत हेर्नुहोस्:

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ५६ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने