जबरजस्ती करणीमा संलग्न रहेको अरोपमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणीमा संलग्न रहेको अरोपमा दुई जना पक्राउ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ घर भइ कास्की पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।

उनीहरूले असार १७ गते बिहान तनहुँ म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग ८ प ४२८० नम्बरको मोटरसाइकलमा राखी कास्की पोखरा महानगरपालिका–११ रानीपौवा स्थित उनीहरूको कोठामा बन्धक बनाई सामुहिक रूपमा जबरजस्ती करणी गरी पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका–३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरू उपर कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ३९ बजे

कुलमानको निर्वाचन खर्च १४ लाख

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई