भारतीय पर्यटकलाई आकर्षित गर्ने लाओसको योजना « Khabarhub

भारतीय पर्यटकलाई आकर्षित गर्ने लाओसको योजना


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुक लाओसले भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारेको छ ।

लाओसको पर्यटन एवा् संस्कृति मन्त्रालयका महानिर्देशक खोम डोआङचान्ताले सन् २०२४ मा आफ्नो मुलुकले भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना ल्याएको बताएका छन् ।

आफ्नो मुलुकमा विविध प्राकृतिक, साँस्कृतिक एवम् ऐतिहासक पर्यटकीय गन्तव्य रहेको भन्दै उनले यो वर्ष पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु पनि तयार पारिएको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले सन् २०२३ मा आफ्नो मुलुकमा १४ हजारभन्दा धेरै भारतीय पर्यटकले भ्रमण गरेको भन्दै सन् २०२४ को पहिलो त्रैमासमा मात्रै ४ हजारभन्दा धेरै भारतीय पर्यटक लाओस आइसकेको जानकारी दिए ।

एएनआईसँगको कुराकानीमा उनले आफ्नो मुलुकको पर्यटन मन्त्रालयले भारतीय पर्यटन मन्त्रालयसँगको समन्वयमा पर्यटन प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिरहेको उल्लेख गरे ।

उनले लाओसको पर्यटन प्रवद्र्धन गर्न भारतीय सञ्चार माध्यमलाई पनि यहाँ घुम्न निम्ता गरिएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : २४ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच