विपदमा सक्रियताका साथ काम गरेको भन्दै रास्वपाद्वारा गृह प्रशासनको सराहना « Khabarhub

विपदमा सक्रियताका साथ काम गरेको भन्दै रास्वपाद्वारा गृह प्रशासनको सराहना


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले सराहना योग्य काम गरेको बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक पूर्वतयारी एवम् हालका पहलहरुको सराहना गरेको हो ।

कार्यवहाक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘केही दिनदेखि देशका विभिन्न भागमा लगातार परिरहेको अविरल वर्षाको प्रभावका कारण आएको बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुनुका साथै आम नागरिकले कष्टकर परिस्थितिको सामना गर्न परिरहेको छ । तर, सबै प्रकोप प्रभावित स्थानहरूमा सरकारी संयन्त्रको पहलकदमी अभाव हुनसक्नेतर्फ रास्वपा सचेत रही सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

साथै बाढीपहिरोबाट प्रभावितहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न पनि रास्वपाले अपील गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : २१ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा