महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल « Khabarhub

महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगिसकेको छ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ। गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल एसियक कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो।

प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।

नेपालको अभ्यास खेल श्रीलंकासँग

महिला एसिया कप टोलीको नेतृत्व नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई दिएको छ। बर्मा कप्तान रहेको टोलीमा अनुभवी खेलाडी एवम् पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

नेपालमा लामो समयको अभ्यासपछि नेपाली महिला टिम कोलम्बो पुगेको हो। त्यहाँ नेपाली टिमले सोमबार (आज)देखि अभ्यास सुरु गर्दैछ। नेपाली टिमले मुर्समा अभ्यास गर्न लागेको हो। आज अभ्यास सुरु गर्ने नेपाली टिमले अभ्यास खेल आयोजक श्रीलंकासँग खेल्दैछ।

क्यानका अनुसार सरे भिलेज क्रिकेट रंगशालामा नेपालले  श्रीलंकासँग अभ्यास खेल्न लागेको हो।

नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र यूएईसँग
नेपालले प्रतियोगितामा पहिलो खेल साउन ४ गते यूएईसँग खेल्नेछ। यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ। नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ।

नेपाली टिम कप्तान इन्दु बर्मा । तस्बिरः क्यान

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ०३ बजे

भारतले दियो नेपाली सेनालाई ५० सहित ५८९ सवारीसाधन

काठमाडौं– भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण

युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग

एजेन्सी– बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण

कोशी सरकारले प्रदेश आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन

‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ?

काठमाडौं – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो

प्रतिनिधिसभा निर्वाचन : डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा नेपाली