बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर « Khabarhub

बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार चीन भ्रमणमा जाने भएकी छन् ।

यसअघि भारत भ्रमणमा गइसकेकी उनी सोमबार बेइजिङ यात्रामा निस्किन लागेकी हुन् ।

लगातार चौथो पटक सरकारको प्रमुखका रूपमा कार्यभार सम्हालेपछि उनको यो दोस्रो विदेश यात्रा हो ।

यसअघि शेख हसिना द्विपक्षीय वार्ताका लागि गतज जुन २१-२२ मा भारत पुगेकी थिइन् ।

भारत सरकारसँग उनले रेल यातायातसमेत कयौँ अलग-अलग मुद्दामा करिब १० सम्झौतामा हस्ताक्षर गरिन् ।

भारत भ्रमणको दुई सातापछि उनी चीन भ्रमणमा जान लागेकी हुन्। शेख हसिनाको चीन भ्रमण बंगलादेशका लागि कूटनीतिक र आर्थिक रुपमा अहम् मानिएको छ ।

समाचार अनुसार यो भ्रमणका क्रममा चीनले ठूला परियोजना सक्नका लागि अर्बौँ रुपैयाँ ऋण दिन सक्ने छ । साथै यसबाट बंगलादेश सरकारलाई बजेट घाटा पूरा गर्न पनि सहयोग मिल्नेछ ।

पछिल्ला १५ वर्षमा चीनले बंगलादेशमा कयौँ मेगा-प्रोजेक्टका लागि ऋण दिएको छ । यसका साथै ती परियोजना सक्न पनि चीनले अहम् भूमिका निभाएको छ ।

बहुचर्चित पद्मा पुलको विशाल संरचना निर्माण र कर्णफुली सुरूङ निर्माणपछि चीन अब बंगलादेशमा तिस्ता परियोजनामा पनि जोडिँदैछ ।

बंगलादेशका पूर्व विदेश मन्त्री तौहीद हुसैनले बीबीसीलाई बताएअनुसार यस पूरा मामिलामा बंगलादेशलाई जति नै चीनलाई पनि लाभ पुग्दै छ । यसका अलावा, भू-राजनीतिक रणनीतिमार्फत हेर्दा चीनका लागि बंगलादेशले विशेष महत्व राख्छ ।

भुटानी राजा मंगोलियातिर

उता भुटानका राजा जिग्मे केसर नाम्ग्याल वाङ्चुक सोमबार नै मंगोलिया भ्रमणका लागि जाँदैछन् । साता लामो भ्रमणका लागि उनी मंगोलिया जान लागेका त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ ।

राजा वाङ्चुक मंगोलियामा आयोजना हुन लागेको मंगोलियन नेशनल नादम फेस्टिभलको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुनेछन् ।

यी दुई भूपरिवेष्ठित मुलुक भुटान र मंगोलियाबीच सन् २०१२ मा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

भ्रमणका क्रममा दुई देशका नेताहरूले द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्ने कार्यतालिका पनि छ ।

सन् २०१२ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता भुटान राज्यका राज्य प्रमुख पहिलो पटक मङ्गोलिया यात्रामा जाँदैछन् ।

मंगोलिया रसिया र चीन जस्ता ठूला मुलुकबीचको भूपरिवेष्ठित राष्ट्र हो । यता भुटान पनि चीन र भारत जस्ता विशाल मुलुकबीचको अर्को भूपरिवेष्ठित मुलुकका रुपमा रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : १८ बजे

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल