जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या | Khabarhub Khabarhub

जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्लाको पाटन नगरपालिका–८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताउँदै प्रनि पाण्डेयले निरन्तरको वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको जानकारी दिए। यसअघि असार २३  गते  बिहान पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको थियो ।

 यही असार २२ गते सिगास गाउँपालिका–९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग गएरातिदेखि सञ्चालन भएको थियो ।

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् ।

‘अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणमा आग्रह गर्दछौँ’, उनले भने, ‘सुरक्षामा खटिएका सबैले सावधानी अपनाएर उद्धारमा जुट्नुपर्ने अवस्था आएकाले सोहीअनुसार काम गर्न अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ५७ बजे

‘होस्टल–३’पछि बल्छीको फिल्म ‘गोबर गणेश’ गर्दै पदम, यी हुनेछन् कलाकार

काठमाडौं – टेलिसिरिलबाट चर्चित बनेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म

सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

वीरगञ्ज– सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको

मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा

तेलअभिभ– इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

ढोरपाटन– बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि