रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने « Khabarhub

रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- तेस्रो कार्यकाल प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया भ्रमणमा निस्किएका छन् ।

नयाँ दिल्लीबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जाल एक्समा निकट मित्र भ्लादिमिर पुटिनसँग आपसी सहयोगको अवस्थाबारे समीक्षा गरिने बताएका छन् ।

मस्कोतिर उड्नुअघि उनले आफ्ना मित्र राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न उत्सुक रहेको बताएका छन् । रूसका अलावा मोदी अस्ट्रिया भ्रमणमा पनि जाने छन् ।

मोदी सोमबार मस्कोतिर जानुअघि अमेरिकासँग भारतको सम्बन्ध चिसिँदै गएको छ । अमेरिकाले कयौँ भारतीय हिरा व्यापारीको अर्बौं डलर रुपैयाँ फ्रीज गरिदिएको छ । यसका कारण दुई देशबीचको सम्बन्धमा तनाव देखिएका बेला मोदी रूस निस्किएका हुन् । उनी मस्कोबाट सिधै अस्ट्रियाको भियान पुग्नेछन् ।

यो भ्रमणअघि मोदीले भारत-रूसबीच सम्बन्धका कयौँ पक्षबारे प्रकाश पार्ने कोसिस गरेका छन् । उनले दुई देशबीच विशेष रणनीतिक साझेदारी पछिल्ला १० वर्षमा तीव्र गतिमा अघि बढेको बताएका छन् ।

मोदीले अस्ट्रियालाई पनि भारतको दृढ र विश्वसनीय साझेदार भनेका छन् । मोदी २२ औँ भारत-रूस वार्षिक शिखर सम्मेलनका लागि दुई दिवसीय मस्को यात्रामा निस्किनुअघि सैनिकको समाधिमा पुष्पाञ्जलि अर्पित गर्न पुगे ।

प्रधानमन्त्री मोदी तीन दिन रूस र अस्ट्रियामा रहनेछन् । उनको यो यात्राले यी दुई देशसँग भारतको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ । मोदीले यी दुई देशमा रहने भारतीय समुदायसँग पनि संवाद गर्ने बताएका छन् ।

रसियाले युक्रेनमा आक्रमण गरेको दुई वर्ष भइसकेको छ । यस्तोमा चीन र भारत पछिल्लो समय रसियाका बलिया साझेदार भएका छन् ।

भारतले रसियाबाट कच्च तेल आयात गरेर प्रशोधनपछि युरोपेलीसहितका तेस्रो देशमा बेच्दै आएको छ । अर्कातिर भारतले रसियाबाटै हिरा आयात गरेर प्रशोधनपछि अमेरिकासहित देशमा बेचिरहेको छ ।

पश्चिमा देशको दबाबका बावजुद युक्रेन युद्धमा रसिया तनावमा रहेका बेला भारतले पेट्रोलियम र हिरा जस्ता अर्बौं डलरका सामान किनेर अर्थतन्त्र टिकाइरहन मद्दत गर्दै आएको छ । यसका लागि अमेरिकाले भारतलाई उक्त कदम रोक्न दबाब दिने गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : ०८ बजे

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि