सिसिटिभी क्यामेरासमेत लुटेर लैजाने चोर, जसले प्रशासन कार्यालय अगाडिबाटै कोट–पाइन्ट चोरे | Khabarhub Khabarhub

सिसिटिभी क्यामेरासमेत लुटेर लैजाने चोर, जसले प्रशासन कार्यालय अगाडिबाटै कोट–पाइन्ट चोरे


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– प्रहरीले वीरगन्जका विभिन्न ठाउँमा लुटपाट गर्ने एक व्यक्ति पक्राउ गरेको छ ।

विरगन्जका विभिन्न पसल तथा घरमा भएका लुटपाटका घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० धडिअर्वा घर भएका ३१ वर्षीय प्रमोद साह छन् । प्रहरीका अनुसार उनले एउटा गहना पसलमा राखेको सीसीटिभी क्यामेरा समेत चोरेर लगेका थिए ।

साहले साउन १४ गते वीरगन्जको रानीघाट स्थित महोन प्रसाद सर्राफको सुनचाँदी गहना पसलमा लुटपाट गरेका थिए । साहले गहना पसलबाट चाँदीको औंठी २० थान, सुनको औंठी ७ थान, चाँदीको सिक्का २० थान र चाँदीकै अन्य ३ सामग्री चोरी गरेका थिए ।

चोरी गरेर पसलबाट निस्किने क्रममा साहले ढोकामाथि जडान गरिएको सिसिटिभी क्यामेरा समेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका साहको साथबाट सुन तथा चाँदीका गहनासहित सिसिटिभी क्यामेरासमेत बरामद गरेको छ ।

उनले साउन २५ गते पर्साको पोखरिया नगरपालिका–६ बस्ने जितेन्द्र यादवको वीरगन्जको जिल्ला प्रशासन कार्यालय अगाडि रहेको टेलरिङ पसलमा चोरी गरेका थिए । साहले टेलरिङ पसलबाट चोरी गरेका ३ थान कोट, १ थान स्कोट, ३ थान पाइन्ट, १६ थान सर्टको कपडा, १० थान पाइन्टको कपडा र १ थान टाइ प्रहरीले बरामद गरेको छ ।

साहले गहना र टेलरिङ पसलसँगै अन्य ठाउँमा पनि चोरी गरेको भेटिएको प्रहरीले जनाएको छ । उनले विभिन्न मोबाइल तथा विद्युतीय सामग्रीका पसलहरुमा चोरी गरेको भेटिएको छ ।

प्रहरीले उनको साथबाट २० थान मोबाइल, १२ थान घडि, ५ थान मोबाइल चार्जर, १ थान पिलास, १ थान तार काट्ने कटर, १ थान आइरन, ११ थान मोबाइलको ब्याट्री र १३ थान मेमोरी कार्ड बरामद गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : १९ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते