अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो | Khabarhub Khabarhub

अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्रयाक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो । 

यसैबीच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए। भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए।

फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताए। सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । 

“यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीमा रहेका मंगला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भने। 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ३२ बजे

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको

 ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू)

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

घोराही– यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

म्याग्दी – यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर

यो केटाकेटीको खेल होइन, पाकिस्तानले इजरायलमा आणविक आक्रमण गर्दैन : विदेशमन्त्री दार

इस्लामाबाद– पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको