इतिहासले जन्माएका फुटबल नायक | Khabarhub Khabarhub

इतिहासले जन्माएका फुटबल नायक


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

युरो कप फुटबलको १७ औं संस्करण करिब अन्त्यमा आइपुगेको छ। चार टोलीबाट उपाधि टुङ्गो लाग्ने छ। युरो कप फुटबलको ६० वर्षे इतिहासले धेरै कोल्टे फेरिसकेको छ। ८० को दशकको अन्त्यदेखि सुरु भएको राजनीतिक परिवर्तनको असर फुटबलमा नपर्ने कुरै भएन। युरोपियन फुटबलमा सोभियत सङ्घ, युगोस्लाभिया र चेकोस्लोभाकिया कुनै समय शक्तिमा थिए।

यी तीन वटै शक्तिको विश्व फुटबलमा प्रभाव थियो। सोभियत सङ्घ विघटन भएको छ। चेकोस्लाभाकिया विभाजन भइसकेको छ। युगोस्लाभियाले विभाजन मात्र सहेन, धेरै क्षति पुग्ने गरी गृह युद्धको सामना गरेको छ।

यो परिवर्तन अघि सन् १९६० को पहिलो संस्करणमा सोभियत संघले उपाधि जितेको थियो। युगोस्लाभिया उपविजेता तथा चेकोस्लाभाकिया तेस्रो भएको थिए। सोभियत सङ्घ सन् १९६४ को दोस्रो संस्करणको पनि उपविजेता भएको थियो।

सन् १९६८ मा इटालीमा भएको तेस्रो संस्करणमा पनि घरेलु टोलीले उपाधि जित्ने क्रममा फाइनलमा युगोस्लाभियालाई नै हराएको थियो। त्यसपछिको संस्करणमा सोभियत संघले तेस्रो स्थान पाएको थियो। सन् १९७६ मा युगोस्लाभियाले उपाधि जितेको थियो भने चेकोस्लोभाकिया तेस्रो भएको थियो। सन् १९८८ मा सोभियत सङ्घ उपविजेता भएको थियो।

त्यसपछि नै संसारमा भएको राजनीतिक परिवर्तन तथा यी तीन शक्ति विभाजनको क्रम सुरु भएको थियो । त्यस पछिका दिनमा नत पूर्व सोभियत गणराज्यले आफूलाई विश्व फुटबलमा प्रभाव राख्न सके, न त युरोपको घरेलु प्रतियोगितामै। चेक गणतन्त्र र स्लोभाकियाले पनि त्यसपछि खासै ठुलो उपलब्धि पाएको छैन।

सन् १९९६ मा इङ्गल्यान्डमा भएको युरो कपमा चेक गणतन्त्र फाइनलमा प्रवेश गरेको थियो। यसबाहेक अन्य प्रतियोगितामा उनीहरूको कुनै प्रभाव छैन। पूर्व युगोस्लाभ क्रोएसियाले भने केही प्रभाव छाडेको छ।

यस संस्करणको प्रतियोगितामा पनि क्रोएसिया समूह ‘बि’मा थियो। क्रोएसिया समूहमा तेस्रो हुँदै बाहिरिएको हो। तथापि विश्व फुटबलमा क्रोएसियाको केही प्रभाव छ। यस संस्करणमा अल्बानिया सोही समूहमा चौथो स्थानमा रहेको थियो। समूह ‘सी’मा स्लोभानिया तेस्रो तथा सर्बिया चौथो स्थानमा रहे। स्लोभानियाले दोस्रो चरणको यात्रा तय गरेको थियो।

समूह ‘ई’ मा स्लोभाकिया तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो भने युक्रेन चौथो हुँदै बाहिरिएको हो। समूह ‘एफ’मा जर्जीया तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको थियो भने चेक गणतन्त्र पुछारमा रहँदै बाहिरिएको हो।

युरो कपको इतिहासमा उपाधि रक्षा गर्ने एउटै टोली स्पेन हो। सन् २००८ देखि २०१२ विश्व फुटबलमा स्पेन बादशाहको रूपमा छाएको थियो। यो दुवै संस्करणको उपाधि विजेता स्पेनले यस बिचमा भएको विश्वकपको उपाधि समेत जितेको थियो। यो दुवै संस्करणको उपाधि विजेता टोलीमा समावेश रहेका आन्देइ इनेस्टा, जाभी र फर्नान्डो टोरेस युरो कप इतिहासमा सफल खेलाडीका रूपमा चित्रित भएका छन्।

सबै भन्दा धेरै खेलमा सहभागी भएर आफ्नै नेतृत्वमा उपाधि दिलाउने खेलाडी रोनाल्डो पक्कै पनि युरो कप इतिहासमा सधै चर्चामा रहने नाम हो । यस संस्करणमा फ्रान्ससँग टाई ब्रेकरमा पोर्चुगलको हारपछि उनले आफ्नो फुटबल भविष्यको बारे केही पनि बोलेका छैनन्।

जिनेदान साँच्चै विश्व फुटबलमा एउटा मानक हुन्। धेरैका लागि आदर्श पात्र । मिचेल प्लाटिनीको रूपमा फ्रान्सले सन् १९८० को दशकमा विश्व फुटबलमा प्रभाव जमाएको थियो। यस बिचमा सन् १९८४ को युरोकपको उपाधि पनि जितेको थियो। तथापि फ्रान्सलाई पहिलो पटक फुटबलको विश्व विजेता मात्र होइन एकै पटक विश्व विजेता र युरोपेली विजेता बन्ने दोस्रो देशको रूपमा नयाँ इतिहास फ्रान्सले रचेको थियो।

सन् २००० देखि २००२ सम्म फ्रान्स युरोपेली र विश्व विजेता थियो। यो सफलतालाई स्पेनले नै सन् २००८ देखि २०१२ सम्म कायम राखेको थियो।

सन् १९७४ देखि सन् १९७६ सम्म पश्चिम जर्मनी पनि विश्व विजेता युरोपेली विजेताको रूपमा रहेको थियो।

फ्रान्सलाई यो सफलतासम्म लैजाने जिदान विश्व फुटबलका ठुला स्टार भएको कुरा नकार्न मिल्दैन।

७० को दशकमा जर्मनीलाई एक पटक उपाधि विजेता तथा एक पटक उपविजेता बनाउने फ्रेन्च बेकन बउरलाई सधैँ विश्व फुटबलले सम्झने छ।

सन् २०१६ मा फ्रान्सले फाइनलको यात्रा तय गरेको थियो। सो प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा शीर्ष गोलकर्ता दुवै भएका एन्टेनियो ग्रेजम्यान एकदमै राम्रो लयमा थिए। सन् २०१६ को युरो कपमा ग्रेजम्यानको फर्म फुटबलका पारखीका लागि सधैँ सम्झन लायक हो।

इटालीका गोलरक्षक जियान लुईका बुफोनले सन् २००४ देखि लगातार चार पटक युरो कप खेले। १७ युरो कप खेलेका उनी १३ खेलमा कप्तान थिए। उनकै नेतृत्वमा इटाली सन् २०१२ मा फाइनल प्रवेश गरेको थियो।

पश्चिम जर्मनीका रेइनर बर्नहफको नाममा लगातार तीन पटक युरो कपको फाइनल खेलेको कीर्तिमान छ। उनले सन् १९७२ देखि सन् १९८० को बिचका तीन वटै युरो कपको फाइनलमा सहभागिता जनाएका थिए।

स्पेनका फर्नान्डो टोरेसको नाममा दुई युरो कपको फाइनलमा गोल गर्ने कीर्तिमान छ। सन् २००८ मा जर्मनीको विरुद्धमा गोल गरेका उनले सन् २०१२ मा इटालीविरुद्धमा गोल गरेका थिए।

सन् १९७० मा जोन क्रुफको समयपछि नेरल्यान्ड्सलाई विश्व फुटबलमा नयाँ शक्तिको रूपमा स्थापित गराउने नायक मार्को भान बास्टन पक्कै पनि युरोपियन फुटबलमा एक नायक नै हुन्। जाभीको नाममा अर्को कीर्तिमान पनि छ। लगातार दुई युरो कप फाइनलमा गोलको अवसर सिर्जना गरेर टोलीलाई जित दिलाउने उनी एक उत्कृष्ट मिडफिल्डरको रूपमा सधैँ चर्चामा रहने छन्।

फ्रान्सले सन् १९८४ को युरो कप उपाधि जिती रहँदा प्लाटीनीले ५ खेलमा ९ गोल गरे। यसमा दुई ह्याट्रिक समावेश थियो। यो साँच्चै उपलब्धि हो।

विश्व फुटबलमा स्पेनी साखका एक नायक इनेस्टा तथा रोनाल्डो त युरो कपका नायक नै भए।

६ संस्करण, कप्तानको रूपमा एक उपाधि तथा १४ गोल। सायद यी कीर्तिमान भंग हुन त अझ लामो समय लाग्नसक्छ।

स्रोतः युइएफए, गिभ मि स्पोर्ट

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ०४ बजे

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर