करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’ « Khabarhub

करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड फिल्म निर्माता करण जोहर अविवाहित हुन्, तर उनी जुम्ल्याहा सन्तानका बुवा हुन् । सन् २०१७ मा उनी सेरोगेसी मार्फत छोरा यश र छोरी रुहीको बुवा बनेका हुन् ।

करण अविवाहित बुवा मात्रै होइनन्, उनी समलिङ्गी पुरुष पनि हुन् । यो कुरा उनले आफ्नो जीवनीमा आधारित किताबमा उल्लेख गरेका छन् ।

विभिन्न अन्तर्वार्तामा उनले सांकेतिक रुपमा विवाह नगर्नुको प्रमुख कारण यही भएको बताउँदै आएका छन् ।

करण आफ्नो ब्यानरमा बनेको फिल्म ‘ब्याड न्युज’को प्रदर्शनको सङ्घारमा छन् । यसको प्रचारका लागि दिएको एक अन्तर्वार्तामा उनले एकल बुवा भएर सन्तान हुर्काउन छुट्टै चुनौति व्यहोरेको खुलासा गरे ।

अहिले करणका छोराछोरीको उमेर सात वर्ष पुग्यो । करणकाअनुसार उनीहरूले हजुरआमालाई आमा ठान्दै आएका थिए । तर बुझ्ने भएसँगै उनीहरूले प्रश्न गर्छन् रे, ‘उहाँ त हाम्रो हजुरआमा हो, हामी कसको पेटबाट जन्मियौँ ?’

आफ्नो परिवार आधुनिक किसिमको भए पनि सन्तानको प्रश्नको सामना गर्न सहज नभएको उनी बताउँछन् । अभिभावकको रुपमा झनै कठिन हुने उनी अनुभव सुनाउँछन् । सन्तानलाई उनीहरूको जवाफ विज्ञको सल्लाहअनुसार दिन परामर्शको तयारी रहेको उनी बताउँछन् ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५१ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन