करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’ « Khabarhub

करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड फिल्म निर्माता करण जोहर अविवाहित हुन्, तर उनी जुम्ल्याहा सन्तानका बुवा हुन् । सन् २०१७ मा उनी सेरोगेसी मार्फत छोरा यश र छोरी रुहीको बुवा बनेका हुन् ।

करण अविवाहित बुवा मात्रै होइनन्, उनी समलिङ्गी पुरुष पनि हुन् । यो कुरा उनले आफ्नो जीवनीमा आधारित किताबमा उल्लेख गरेका छन् ।

विभिन्न अन्तर्वार्तामा उनले सांकेतिक रुपमा विवाह नगर्नुको प्रमुख कारण यही भएको बताउँदै आएका छन् ।

करण आफ्नो ब्यानरमा बनेको फिल्म ‘ब्याड न्युज’को प्रदर्शनको सङ्घारमा छन् । यसको प्रचारका लागि दिएको एक अन्तर्वार्तामा उनले एकल बुवा भएर सन्तान हुर्काउन छुट्टै चुनौति व्यहोरेको खुलासा गरे ।

अहिले करणका छोराछोरीको उमेर सात वर्ष पुग्यो । करणकाअनुसार उनीहरूले हजुरआमालाई आमा ठान्दै आएका थिए । तर बुझ्ने भएसँगै उनीहरूले प्रश्न गर्छन् रे, ‘उहाँ त हाम्रो हजुरआमा हो, हामी कसको पेटबाट जन्मियौँ ?’

आफ्नो परिवार आधुनिक किसिमको भए पनि सन्तानको प्रश्नको सामना गर्न सहज नभएको उनी बताउँछन् । अभिभावकको रुपमा झनै कठिन हुने उनी अनुभव सुनाउँछन् । सन्तानलाई उनीहरूको जवाफ विज्ञको सल्लाहअनुसार दिन परामर्शको तयारी रहेको उनी बताउँछन् ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५१ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा