विभिन्न ठाउँमा डुबानमा परेकाहरूको सुरक्षित स्थानमा स्थानान्तरण | Khabarhub Khabarhub

विभिन्न ठाउँमा डुबानमा परेकाहरूको सुरक्षित स्थानमा स्थानान्तरण


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा डुबानमा परेकाहरूको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-८ गोईसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण  गरिएको छ । 

साथै सो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाँध्ने कार्य गरिरहेको छ । 

त्यसैगरी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि डुबानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ । 

यसैगरी झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको बहाव बढि डुबानमा परेका १० घरपरिवारलाई बीओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदिमा पानी बहाव बढि नदिको बीच भागमा अड्किएका ५ जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्धार गरेको हो । 

यसैगरी काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले असार २५ गते सुचारु गरेको छ ।    

सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढीले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ४९ बजे

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत

चीनको जनसङ्ख्या घट्ने क्रम जारी

बेइजिङ– छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको