मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि « Khabarhub

मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- ‘विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको नेताले विश्वकै रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक छ ।’

रुसले हाल युक्रेनमाथिको आक्रमण तीब्र गरेको छ । सोमबार मात्र किभको एक बाल अस्पतालमा रुसले गरेको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ३५ बजे

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण