झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय « Khabarhub

झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


41.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारमा दोषी ठहर गरेर मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई नौ वर्ष एक महिना जेल सजाय हुने भएको छ । 

दाेषी ठहर गर्दै यादवलाई तीन करोड उनन्साठी लाख ६६ हजार ६ सय जरिवाना हुने फैसला भएको हो । त्यसैगरी विशेष अदालतले उनीबाट दुई करोड ३५ लाख २९ हजार ३८६ असुल गर्न पनि आदेश दिएको छ ।  

दोषी ठहर भएका झलनाथ खनाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी देवेन्द्र राईलाई जनही ८८ वर्ष कैद सजाय हुने फैसला भएको छ ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्‌ ।

आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा आयोगले झण्डै १८ करोड रुपैयाँ मागदाबी गरेको छ ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने जनाएको थियो ।

अदालतले यसअघि गत असार ११ गत फैसला सुनाउँदै उनीहरूलाई दोषी ठहर गरेर सजाय निर्धारणका आजलाई पेशी तोकेको छ ।

झलनाथको सर्पपालन : मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ४२ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका