१०५ नम्बर  ‘पिलर’ कटानको उच्च जोखिममा « Khabarhub

१०५ नम्बर  ‘पिलर’ कटानको उच्च जोखिममा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

टीकापुर– नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो ।

सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ ।

मोहना नदीले पिलर बगाउने स्थिति भयो भने दुई दर्जन परिवार विस्थापित हुने  र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् ।

भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए  ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय जनता आफ्नो जमिन बग्ने र भारततर्फ जाने हो कि भन्ने चिन्तामा छन् ।’

पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने (ठूला ढुङ्गाको तटबन्ध गर्ने) निर्णय गरे पनि काम भने हुन सकेको छैन ।

बोल्डर हाल्न उपभोक्ता समिति गठन भए पनि निर्माण व्यवसायीले काम गर्न नमानेको समितिका अध्यक्षका धिरेन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष थापाले पिलर जोखिममा रहेको हुँदा कम्तीमा पाँच–छ ठाउँमा बोल्डर हाल्ने हो भने केही राहत हुने बताए ।

वडा कार्यालयले तटबन्ध गर्नुको साटो नदी किनारको बाटोमा कालोपत्र सडक निर्माण गरेर बजेट सकाएको स्थानीयले गुनासो गर्दै आएको पनि उनको भनाइ छ ।

‘१०५ नम्बर पिलर जङ्गे पिलर हो नेपाल र भारतका सीमाविद्हरूले यो पिलर सार्ने प्रयास गरेका हुन् हामीहरूले दिएनौँ’, स्थानीय शिक्षक अनिल कोइरालाले भने, ‘पिलर सार्दा नेपालतर्फको भूमि गुम्न सक्ने जोखिम हुन्छ ।’

उनले १०३ नम्बर पिलर नेपाल–भारत सीमा नजिक रहेको मोहना पुल नजिक रहेको बताए ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा त्यस क्षेत्रको बस्ती पनि बसाउने गरी भारतीय पूर्वसैनिकलाई बसालिएको स्थानीयको भनाइ छ । केही परिवार अझै त्यहाँ बसिरहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ५३ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी