काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल (तस्बिरहरु) | Khabarhub Khabarhub

काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल (तस्बिरहरु)


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग  हटाएपछि अहिले मन्दिर, सम्पदा, गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।

विशेषगरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिटी क्षेत्र अहिले पार्किङ स्थल बनेका छन् । यस्तै, सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ्गस्थल बनेको छ ।

सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएका छन् ।

यसरी गल्ली र चोकहरू पार्किङ गर्नाले पैदल हिँड्न सर्वसाधरणलाई असहज भएको छ ।

महानगरपालिकाले न्युरोड क्षेत्रको विकल्पमा सुन्धारामा पार्किङ्गको निःशुल्क व्यवस्था गरिदिएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : १३ बजे

गोविन्दा-सुनिता : डिभोर्सको हल्लाबीच पनि उत्सवमा देखिए एकसाथ

काठमाडौं– बलिउडका चर्चित जोडी गोविन्दा र सुनिता आहुजा अहिले डिभोर्सको

कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र

काठमाडौं– नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण

नेपालको सीमाबाट तीन पाकिस्तानी आतङ्ककारी बिहार प्रवेश गरेको भारतीय सञ्चार माध्यमको दाबी

काठमाडौं- भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन

प्रचण्ड विराटनगर पुग्दा बुटवलमा एकसाथ देखिए जनार्दन र विप्लव

काठमाडौँ- पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग

फेरि सत्याग्रह सुरु गर्दै डा. केसी  

काठमाडौं– प्राध्यापक डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा