धनुषामा आठ सय ३७ हेक्टर वनको जमिन अतिक्रमण | Khabarhub Khabarhub

धनुषामा आठ सय ३७ हेक्टर वनको जमिन अतिक्रमण


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्लामा वन क्षेत्रको आठ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो । 

जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित ‘वन अतिक्रमणको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो । तथ्यांक अनुसार जिल्लामा रहेका वन क्षेत्रका आठ सय ३७ हेक्टर जमिन अतिक्रमणको चपेटामा परेको छ ।

जिल्लामा २७ हजार पाँच सय ७८ हेक्टर जमिन वन क्षेत्र रहेको भन्दै आठ सय ३७ हेक्टर अतिक्रमण भएको कार्यालयका वन अधिकृत अनिलकुमार शाहले जानकारी दिए । जमिन अतिक्रमण गरी बस्ती, सडक विस्तारका साथै कतिपयले खेती गर्न थालेका उनको भनाइ छ । 

वन क्षेत्रलाई अतिक्रमणबाट जोगाउन वन कार्यालयले सरोकार भएका निकायसँग छलफल गरी ठोस योजना बनाइरहेको बताउँदै शाहले यसमा प्रशासनिक निकाय तथा राजनीतिक दलहरूले पनि समन्वय गर्नुपर्नेमा जोड दिए। 

गत आर्थिक वर्षमा ३५ हेक्टर अतिक्रमित जमिन फिर्ता गराइएको शाहले जानकारी दिए । ‘यो कार्य कठिन छ तर मुक्त गराउने प्रयास जारी छ’, उनले भने ‘कतिपय अवस्थामा वन कार्यालयका कर्मचारीको लापरबाही र मिलेमतोमा अतिक्रमण भइरहेको देखिन्छ । यसको समाधानका लागि नीतिगत तहदेखि योजनाबद्ध रुपमा काम गर्दै जानुपर्छ ।’

अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारी वन क्षेत्रको अवैध कटान तथा अतिक्रमणले प्राकृतिक विपद्हरु बढ्दै गएकामा चिन्ता व्यक्त गरे । 

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले वन क्षेत्रको अतिक्रमण हटाउन वन कार्यालयले पहल गर्नुपर्ने बताउँदै स्थानीय नागरिक, राजनीतिक दलका साथै सङ्घसंस्थाको सहयोग आवश्यक पर्ने बताए । मधेस प्रदेशमा सबैभन्दा कम वन क्षेत्र  धनुषामा रहेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : २२ बजे

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली – भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट

प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग !

काठमाडौं– सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर

चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी

काठमाडौं – कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति