विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन « Khabarhub

विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

कठमाडौं नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांगेसले आज विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । 

कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ ।

‘सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन अपिल गरेको छ ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : २९ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज विराटनगर र चितवन खेल्दै : कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर १० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको