इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा सपथ लिने « Khabarhub

इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा सपथ लिने


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले आगामी जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

इरानी विधायिकाको पद तथा गोपनियताको सपथ ग्रहण समितिका सदस्य मोज्ताबा युसेफीाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले लेखेको छ, ‘नवनिर्वाचित राष्ट्रपति पेजेस्कियानको सपथ ग्रहण समारोह जुलाई ३० मा हुनेछ ।’

युसुफीले यसै साताको सुरुमा सपथ ग्रहण अगस्ट ४ वा ५ मा हुने सम्भावना रहेको बताएका थिए। 

इरानका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको अधिकार दिइएको छैन । राष्ट्रप्रमुखले सम्हाल्ने सबै अन्तिम अधिकार सर्वोच्च नेतालाई दिइएको छ । अयातुल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि यो पद सम्हाल्दै आएका छन् । 

गत शुक्रबार भएको निर्वाचनमा पेजेस्कियानले परम्परावादी समूहका सइद जलीलीलाई पराजित गर्दै दोस्रो चरणको निर्वाचनमा जित हात पारेका थिए । 

निर्वाचनमा ६९ वर्षीय सुधारवादी पेजेस्किएनले कूल खसेको तीन करोड मतमध्ये करिब ५४ प्रतिशत मत प्राप्त गरेका थिए । 

गत मे महिनामा राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि जुन २८ का लागि पहिलो चरणको निर्वाचनको घोषणा गरिएको थियो। 

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत अर्थात् खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन असफल भएपछि प्रतिस्पर्धी दुई उम्मेदवारबीच जुलाई ५ मा दोस्रो चरणको निर्वाचन भएको थियो । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : ३६ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी