इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा सपथ लिने « Khabarhub

इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा सपथ लिने


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले आगामी जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

इरानी विधायिकाको पद तथा गोपनियताको सपथ ग्रहण समितिका सदस्य मोज्ताबा युसेफीाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले लेखेको छ, ‘नवनिर्वाचित राष्ट्रपति पेजेस्कियानको सपथ ग्रहण समारोह जुलाई ३० मा हुनेछ ।’

युसुफीले यसै साताको सुरुमा सपथ ग्रहण अगस्ट ४ वा ५ मा हुने सम्भावना रहेको बताएका थिए। 

इरानका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको अधिकार दिइएको छैन । राष्ट्रप्रमुखले सम्हाल्ने सबै अन्तिम अधिकार सर्वोच्च नेतालाई दिइएको छ । अयातुल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि यो पद सम्हाल्दै आएका छन् । 

गत शुक्रबार भएको निर्वाचनमा पेजेस्कियानले परम्परावादी समूहका सइद जलीलीलाई पराजित गर्दै दोस्रो चरणको निर्वाचनमा जित हात पारेका थिए । 

निर्वाचनमा ६९ वर्षीय सुधारवादी पेजेस्किएनले कूल खसेको तीन करोड मतमध्ये करिब ५४ प्रतिशत मत प्राप्त गरेका थिए । 

गत मे महिनामा राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि जुन २८ का लागि पहिलो चरणको निर्वाचनको घोषणा गरिएको थियो। 

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत अर्थात् खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन असफल भएपछि प्रतिस्पर्धी दुई उम्मेदवारबीच जुलाई ५ मा दोस्रो चरणको निर्वाचन भएको थियो । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै