११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो « Khabarhub

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उक्त रेमिट्यान्स भित्रिएको बताएको छ । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनामा गत वर्षको तुलनामा २२.७ प्रतिशतले रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २६२,७०५ रहेको बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४५९,४१५२६०,२६२ रहेको थियो । 

११ महिनाको अवधिमा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४४३ अर्ब ६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : १५ बजे

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू