११ महिनामा १ खर्ब २९ अर्बको आईपीओ, एफपीओ, बोनस र हकप्रद शेयर स्वीकृत « Khabarhub

११ महिनामा १ खर्ब २९ अर्बको आईपीओ, एफपीओ, बोनस र हकप्रद शेयर स्वीकृत


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आईपीओ, एफपीओ, बोनस र हकप्रद शेयर स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार १२९ अर्ब ९८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

जसमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको बोनस शेयर, २१ अर्ब १७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ जारी भएको राष्ट्र बैंकले जनाएको छ ।

जेठ मसान्तसम्ममा धतोपत्र बोर्डले २५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड जारी गरेको छ ।

२०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको बैंकले जनाएको छ । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.४ प्रतिशत रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

नेप्सेमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य ८२३ अर्ब ३१ करोड रुपैयाँ रहेको राष्ट्र बेंकले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ३८ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका