प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए । 

पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६ (३)बमोजिमको सरकार बन्ने माओवादीको निष्कर्ष रहेको समेत बताए । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ५१ बजे

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका