इंग्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा, स्पेनसँग भिड्ने « Khabarhub

इंग्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा, स्पेनसँग भिड्ने


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ।

दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो। उसका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन्।

खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए।

इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डस्का डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए।

खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इंग्ल्यान्डलाई फाइनल पुर्याएका हुन्। उनलाई गोलका लागि कोल पाल्मरले पास दिएका थिए।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ५ : २९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा