कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल « Khabarhub

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ ।

विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो ।

भू तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो ।

कार्यालयका प्रमुख वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिए ।

‘गण्डकी प्रदेश सरकारले ३५ लाख बजेट विनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नापजाँच गर्दा एक लाख ६० हजार कम भुक्तानी भएको छ’, उनले भने, ‘१.८ मिटर फराकिलो जग भएको चार मिटर अग्लो पर्खालको माथिल्लो भाग ५५ सेन्टिमिटर चौडाइको छ ।’

सो पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको उपभोक्ता समितिका अध्यक्ष ख्याम्चो गुरुङले बताए ।

गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा एक करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् ।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ ।

बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छन् । नदी नियन्त्रणका लागि थप पक्की पर्खाल निर्माण गर्न आवश्यक रहेको, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ८ : ५६ बजे

सरकारले दलहरूसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

सिन्धुली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका

यस्तो बन्दैछ ओली र पोखरेल पक्षका पदाधिकारीको टीम

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि ओली पक्षको टिम पनि

कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा 

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली