कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी | Khabarhub Khabarhub

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 टीकापुर–  गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् ।

गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२,  टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।

विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ ।

डेङ्गीसँगै कैलाली स्क्रब टाइफसको पनि जोखिममा छ । यस वर्ष जिल्लामा स्क्रब टाइफस सात सय ३७ जनामा देखिएको छ । गत वर्ष पाँच सय २९ जना बिरामी उपचारमा आएका थिए । गत वर्ष टीकापुरमा स्क्रब टाइफसका ७३, लम्कीचुहामा तीन सय एक जना बिरामी थिए ।

स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् ।

टीकापुर अस्पतालका जनरल मेडिसिन दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटकपटक भएमा जोखिम हुने बताए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १० : २२ बजे

काउन्सिलले गर्‍यो केही सञ्चारमाध्यमलाई कारबाही, कुन-कुन परे ?

काठमाडौं– प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा

‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले गठबन्धन

अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित

फाप्ला– कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही– प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।

इरानमा बस पल्टिँदा ५४ जना घाइते

तेहरान– इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान