‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न : हिमाल सागरको गीतमा झुमे दर्शक « Khabarhub

‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न : हिमाल सागरको गीतमा झुमे दर्शक


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलियम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ । 

गायक हिमाल सागरले महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए । उनले क्यानडामा रहेका नेपाली माझ प्रस्तुती दिन पाउँदा छुटै अनुभूति भएको बताए । 

गायक हिमाल सागरसँगै कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । 

महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो । 

महोत्सवको केन्द्रीय विषयमा नेपाली गीत सङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारले स्थान पाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए । 

भण्डारीले भने, ‘नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपाली बीच सामिप्यता बढाउन सफल भयौं ।’

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा सम्पन्न एक दिने महोत्सवमा पाँच हजार भन्दा बढी नेपाली सहभागी भए । 

लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १२ : ५७ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने