जाँदाजाँदै प्रचण्ड क्याबिनेटको निर्णय : सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपियो « Khabarhub

जाँदाजाँदै प्रचण्ड क्याबिनेटको निर्णय : सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपियो

सामाजिक सुरक्षा भत्ता लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यसबारेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ।

त्यस्तै, स्थानीय तह, राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०८१ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।

सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, मन्त्रिपरिषदको २०८० माघ १८ को निर्णयअनुसार गठित कार्यदलले पेश गरेको फौजदारी न्याय तथा प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१ सार्वजनिक गर्ने निर्णय पनि भएको छ।

उक्त प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन प्रक्रियामा अगाडि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

त्यसैगरी सरकारले हुम्लु जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ। सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ । बाढीपहिरोका कारण राष्ट्रिय परिचय पत्र बनाउन समस्या भएपछि तत्काललाई यो निर्णय गरिएको शर्माले बताइन् ।

त्यसैगरी अर्थमन्त्रालयको प्रस्तावमा नेपाल र चीनबीच कनेक्टिभिटी नेट्वर्क सम्झौतासम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्न पनि सरकारले स्वीकृति दिएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ६ : १९ बजे

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण