पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प  « Khabarhub

पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने प्रमुख सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स यात्रु वाहक बस बगाएको छ।

 पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखिएको बसलाई पनि बगाएको छ । दुवै बस त्रिशुली नदीमा खसेकाले खोजी र उद्धार चलिरहेको छ ।

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पनि पहिरो खसेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौँ जाँदै गरेको बस चालकको मृत्यु भएको छ । पहिरोले क्षतिग्रस्त बस अहिले घटनास्थलमै छ । 

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना–६ कालिखोलानजिक बिहान ४ः१५ बजे लेदोसहितको पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सबै ठाउँमा पहिरो पन्छाउन डोजरसहितको जनशक्ति परिचालन गरिएको छ। राजमार्ग दुईतर्फी ठप्प छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ०० बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको