टर्कीमा ४१८ संदिग्ध कुर्दिस लडाकु पक्राउ « Khabarhub

टर्कीमा ४१८ संदिग्ध कुर्दिस लडाकु पक्राउ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीले कुर्दिस लडाकु समूहमा लागेको आशंकामा कम्तीमा ४१८ जनालाई पक्राउ गरेको छ । टर्कीको प्रहरीले मुलुकका विभिन्न २९ प्रान्तमा कारवाही गरी ४१८ जना संदिग्ध कुर्दिस लडाकुलाई पक्राउ गरेको हो ।

सोमबार टर्कीको आन्तरिक मामिला मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सन्देश जारी गर्दै यसबारे जानकारी दिएको हो । यसअघि दक्षिणपूर्वी टर्कीका विभिन्न ३ मुख्य शहरका जनप्रतिनिधिलाई बर्खास्त गरी राज्यका अधिकारीलाई त्यहाँको प्रशासनको जिम्मा दिइएको समाचार सार्वजनिक भएलगत्तै टर्कीका ४१८ जना संदिग्ध कुर्दिस लडाकु पक्राउ परेका हुन् ।

टर्कीको दक्षिण पूर्वी क्षेत्रमा कुर्दिस्तान वर्कर्स पार्टी पीकेके नामक लडाकु समूहले बेग्लै कुर्र्दिस्तान राज्यको माग गर्दै टर्कीविरुद्ध युद्ध लड्दै आएको छ । पीकेकेलाई टर्कीले आतंककारी समूहको संज्ञा दिँदै पीकेके विरुद्ध सैनिक कारवाही गर्दै आएको छ । तीन दशकभन्दा लामो समयसम्म जारी युद्धका क्रममा हजारौंको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ०० बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख