संसद्‍‍बाट गृहमन्त्री लामिछानेको चुनौती- मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस् | Khabarhub Khabarhub

संसद्‍‍बाट गृहमन्त्री लामिछानेको चुनौती- मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस्


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिने क्रममा उनले आफूलाई जेलमा हालेर देखाउन नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिएका हुन् ।

सम्बोधनका क्रममा उनले आफूले पछिल्लो चार महिनाको कार्यकालमा सुशासनका लागि कयौँ काम गरेको सुनाए । सुशासन कायम गराउन र भ्रष्टाचार रोक्न पनि आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साथ दिएको भन्दै प्रशंसा गरे ।

लामिछानेले आफूमाथि सहकारीसहितका अनेक काण्डमा जोडेर ठग प्रमाणित गर्न लागिएको बताए । ‘मलाई ठग प्रमाणित गर्नुस्, म जेल जान तयार छु । तर अहिलेको उपलब्धि तलमाथि हुन दिन्नँ’, उनले भने, ‘यदि हामी जेल जानुपर्‍यो भने नयाँ पुस्ता आएर हामीले थालेको राजनीतिक अभियानलाई अघि बढाउने छ ।’

सरकारले थालेको सुशासन अभियानकै कारण आत्तिएर कांग्रेस र एमाले मिलेको उनले निष्कर्ष सुनाए ।  का‌ंग्रेस र एमाले विशाल दल हुन् भन्ने भ्रम मात्रै रहेको बताउँदै लामिछानेले आफूहरूले यी दुई दललाई भोट नहालेका ७० प्रतिशतको प्रमुख अंशियार भएको बताए ।

‘रास्वपा सकिने र सिद्धिने सकिने होइन, घण्टी अब देशभर बज्छ’, उनले भने, ‘अब हामी कांग्रेस र एमालेलाई मत नहालेका ७० प्रतिशतसम्म पुग्छौँ । हामी अब झन् फैलिएर अघि बढ्छौँ ।’

लामिछानेले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, जनकपुरको ९०० विघा जग्गा हिनामिना, सुन तस्करी प्रकरणसहितमा आफू कठोर भएर कारबाहीमा अघि बढेको बताए ।

लामिछानेले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई सम्भावित गृहमन्त्री भन्दै आफूले थालेका सुशासन अभियानलाई अघि बढाएर देखाउन चुनौती पनि दिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : १५ बजे

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र