रवि लामिछाने भन्छन्- सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो « Khabarhub

रवि लामिछाने भन्छन्- सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशका ठूला दलहरू मिलिरहँदा त्यसले लोकतन्त्रलाई कतै असर गर्ने त होइन, हाम्रो चिन्ता त्यति मात्र हो,’ लामिछानेले भने, ‘बाँकी रह्यो प्रतिपक्षको कुरा, रास्वपा कस्तो प्रतिपक्ष हो भन्ने कुरा गत वर्ष हामीले देखाइसकेका छौँ । हामीलाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो छ ।’

उनले प्रतिपक्षमा बस्दा रास्वपाको प्रभावकारिता बढ्ने र जनताले पनि रास्वपा प्रतिपक्षमा बसोस् भन्ने चाहेको जिकिर गरे । ‘प्रतिपक्षमा बस्दा हाम्रो प्रभावकारिता बढ्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जनताले चाहेका पनि यही हुन् ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : १६ बजे

सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार 

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी