चिनियाँ बैंकहरु संकटमा, कारण के हो ? « Khabarhub

चिनियाँ बैंकहरु संकटमा, कारण के हो ?


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९८० को दशकमा देखिएको संकटका कारण अमेरिकामा एक हजारभन्दा साना वित्तीय संस्थाको पतन र मर्जर भए ।

अहिले चीनका साना वित्तीय संस्थाले यस्तै समस्या खेपिरहेका छन् । जुन २४ यताको एक सातामा मात्र चीनमा ४० वित्तीय संस्था बैँकहरु बन्द भएका छन् ।

तीमध्ये कतिपय सधैँका लागि बन्द भए भने कुनै साना वित्तीय संस्था ठूला बैंकमा गाभिए ।

चीनमा सन् २०१९ देखि मध्यमस्तरीय बैंकहरुको पतन सुरु भएको मनिन्छ । पछिल्लो समय भने ग्रामीण बैंक समस्यामा फसेका छन् ।

चीनका ग्रामीण इलाकामा सञ्चालित करिब ४ हजार वित्तीय संस्थाहरु समस्यामा परेको अनुमान छ । यी संस्थाहरुको कुल पुँजी ७.५ ट्रिलियन डलर बराबर रहेको छ । जुन त्यहाँको कुल बैंकिङ प्रणालीको १३ प्रतिशत हो ।

चिनियाँ बैंकहरुमा खराब कर्जाको समस्या देखिएको छ । गरिबीको चपेटामा परेका क्षेत्रमा साना व्यवसायीलाई सेवा दिन स्थापना गरिएको भएपनि पछिल्लो समय यस्ता वित्तीय संस्थाले घरजग्गा कारोबारी र स्थानीय तहलाई ऋण दिँदै आएका थिए ।

खराब कर्जाको जालोमा फसेपछि चिनियाँ बैंकहरुले साना व्यवसायलाई ऋण दिन सकेका छैनन् । यसबाट सामाजिक स्थीरता र स्थानीय आर्थिक वृद्धिमा चुनौती बढेर जाने विश्लेषकहरु बताउँछन् ।

समस्या देखिएपछि सन् २०२२ मा बैंकहरुबाट निक्षेप निकाल्न रोक लगाइएको थियो । जसको विरोधमा निक्षेपकर्ताहरु विरोध प्रदर्शनमा समेत उत्रेका थिए । राज्यले यस्ता बैंकहरुमा हस्तक्षेप गरी समस्याको समाधान गर्ने बताउँदै आएको त छ तर बैंकको पुनर्संरचना वा मर्जरको प्रक्रियामा भने लामो समय लाग्ने देखिएको छ ।

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा हालै बन्द भएका ३६ बैंकहरुलाई लिओनिङ ग्रामीण वाणिज्य बैंकमा समाहित गरिएको थियो । सरकारले खराब वित्तीय अवस्थामा रहेका संस्थालाई एउटै बैंकमा मर्ज गर्ने योजना अघि सारेको छ । सेप्टेम्बरयता मात्रै यस्ता ५ वटा वित्तीय संस्था स्थापना भइसकेका छन् जसको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

रेटिङ एजेन्सी एसएन्डपी ग्लोबलका अनुसार यो नीतिले अहिले देखिएको वित्तीय समस्या समाधानका लागि अझै एक दशकसम्म लाग्न सक्छ ।

सरकारी नीतिका समर्थकहरुले समस्यामा परेका साना बैंकलाई मर्ज गरेर ठूलो बैंक स्थापना गर्दा नियमन गर्न सहज हुने दाबी गरेका छन् । तर, आलोचकहरुले भने जनतालाई झुक्याउन मात्र सरकारले यस्तो नीति ल्याएको र यसबाट वास्तविक समस्या हल नहुने बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ११ : २० बजे

सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मतदाता भेटघाटमा

बङ्गलादेश चुनाव र शक्ति सन्तुलन

ढाका- अर्को हप्ता हुने बङ्गलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

सुरुङ्गा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

पुत्रजया- भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

दशरथचन्द– बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई