एसियन भलिबल कन्फेडेरेसनमा आज ३ खेल « Khabarhub

एसियन भलिबल कन्फेडेरेसनमा आज ३ खेल


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज (मंगलबार) ३ खेल हुदैछ । ललितपुरको लगनस्थित आर्मी क्लबको कभर्डहलमा समुह बी अन्तर्गत दुई र समुह ए अन्तर्गत एक खेल हुदैछ ।

पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तान र उज्वेकिस्तानले बंगलादेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका थिए ।

दोस्रो खेलमा अपरान्ह ५ बजे तुर्कमेनिस्तानले उज्वेकिस्तान भिड्नेछन् । अघिल्लो चरण प्रवेशको सम्भावना सहित दुवै टोली मैदान उत्रन लागेका हुन् । दुवै टिमले पहिलो खेलमा जित निकालेको थिए ।

दिनको तेस्रो तथा अन्तिम खेलमा कीर्गिस्तानले माल्दिभ्ससंग खेल्नेछन् । साँझ ७ बजे शुरु हुने खेलले समुह एको सेमिफाईनल समिकरणको बिषयमा बोल्नेछ । कीर्गिस्तान लगातार दोस्रो जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्यमा हुनेछ ।

माल्दिभ्स भने कीर्गिस्तानलाई रोक्दै सबै समुह एको समिकरण रोमाञ्चक बनाउने लक्ष्यमा हुनेछ । प्रतियोगिताको सरप्राईज टोलीको संज्ञा पाएको माल्दिभ्सले पहिलो खेल खेल्न लागेको हो । कीर्गिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

पहिलो खेलमा कीर्गिस्तान र नेपालको राम्रा, नराम्रो पक्षबारे माल्दिभ्स पक्कै जानकार भएको हुनपर्छ । सेमिफाईनल पुग्ने लक्ष्य रहेको नेपालको सबै सम्भावना माल्दिभ्समा निर्भर छ ।

सोही कारण माल्दिभ्सको खेल निकाल्दै आवश्यक रणनीति बुन्ने अवसर नेपाललाई प्राप्त छ । सेमिफाईनल पुग्न नेपालले अन्तिम खेलमा माल्दिभ्सलाई हराउनैपर्ने दबाब छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : २३ बजे

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन

राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत

काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती