सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी « Khabarhub

सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् । 

कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरू आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो । 

कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने, ‘प्रवेश परीक्षा लिन भनेर हामीसँग रु एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बञ्चित गराइयो ।’

विद्यार्थी प्रियंका ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरूले दुःख पाएको  गुनासो गरे।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका  लागि आवेदन मागेकामा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए । कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो । तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् । 

दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौँ आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताए। कलेजका प्रिन्सिपल फादर डा. अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक-फरक सूचनाका कारण विद्यार्थीहरू प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने तर्क गरे। 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : २८ बजे

जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा 

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाईते भएका

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

काठमाडौं–  सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित

मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण