एक खेलअगावै भारतले जित्यो जिम्बाबेविरुद्धको सिरिज « Khabarhub

एक खेलअगावै भारतले जित्यो जिम्बाबेविरुद्धको सिरिज


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जिम्बाबेविरुद्धको टी–२० सिरिजको चौथो खेलमा भारतले १० विकेटको फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा जिम्बाबेले दिएको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरका कुनै पनि विकेट नगुमाइ भेटाएको हो । भारतका लागि यशस्वी जैसवाल र कप्तान शुभमन गिलल दुवैले अर्धशतक बनाउँदै उत्कृष्ट साझेदारी गरे ।

जैसवालले ५३ बलमा ९३ रन बनाउँदा गिलले ३९ बलमा ५८ रनको योगदान दिए । गिलले ६ चौका र दुई छक्का प्रहार गर्दा जैसवालले १३ चौका र दुई छक्का प्रहार गरे ।

त्यसअघि हरारेरमा टस हारेर ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उसका लागि कप्तान सिकन्दर राजाले ४६ रनको योगदान दिए । त्यस्तै तडिवानासे मरुमणिले ३२ तथा वेस्ली मधेभरेले २५ रन बनाए । भारतका लागि खलिलि अहमदले २, शिवम दुबे, तुषार देशपाण्डे, अभिषेक शर्मा र वासिङ्टन सुन्दरले एकएक विकेट लिए ।

जितसँगै भारतले पाँचको खेलको शृंखला एक खेल अगावै जितेको छ । यसअघि भारतले दुई र जिम्बाबेले एक खेलमा जित निकालेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : २१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा