राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन : महासचिव पोखरेल « Khabarhub

राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन : महासचिव पोखरेल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताएका छन् ।

ललितपुरको खोकनामा आज आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २५औँ स्थापना दिवस समारोहमा उनले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने बताए ।

“राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन”, महासचिव पोखरेलले भने । उनले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गरे।

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताए । मानवअधिकार एलाइन्सका इन्चार्ज घनश्याम पाण्डेले नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हकलाई स्थापित गर्न एलाइन्सले ध्यान दिनुपर्ने धारणा राखे।

एमाले केन्द्रीय सदस्य तथा ललितपुर महानगर इन्चार्ज बाबुराम थापाले मानवअधिकार शान्तिको अभिन्न अङ्ग पनि भएकाले यसलाई थप प्रभावकारी बनाइनुपर्ने बताए । एलाइन्सका संस्थापक गङ्गा कसजूले हरेक क्षेत्रमा मानवअधिकार स्थापित गर्न संस्थाले नागरिकको तर्फबाट गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ५६ बजे

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण

कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि…

काठमाडौं- टेलिभिजन सिरियलबाट बलिउडसम्मको चम्केकी अभिनेत्री मौनी रोयमाथि सार्वजनिक कार्यक्रममै

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो तथा पुम्से प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौं– नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो