भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाली विभाग दमौलीद्वारा आज विद्यालयस्तरीय खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न १४ वटा विद्यालयबाट विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगितामा शुक्ला माध्यमिक विद्यालय तनहुँकी छात्रा मन्जिता थापा प्रथम, गोगन माध्यमिक विद्यालय, तल्लो गगनगौडा कास्कीकी छात्रा सुजाता पौडेल द्वितीय, आदिकवि भानुभक्त मावि दमौलीका छात्र सचिन बस्नेत तृतीय भए । प्रतियोगितामा निर्मल मावि तनहुँँका छात्र दिपेश पन्तले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, रु सात सय र रु पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयी विद्यार्थीलाई क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख डा सुशीलप्रसाद वाग्लेले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रत्येक वर्षको भानुजयन्तीका अवसरमा क्याम्पसले खुला रामायण वाचन प्रतियोगिता गर्दै आएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँको चुँदी रम्घा गाउँमा दुई सय एघार वर्षअघि विसं १८७१ असार २९ गते भएको थियो । भानुजयन्तीलाई नेपालका साथै विदेशका विभिन्न स्थानमा पनि सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा मनाइने गरिन्छ ।

नेपाल मात्र होइन, नेपालीभाषी जहाँ–जहाँ पुगेका छन्, नेपालीभाषी समुदायमा उत्साहका साथ मनाइँदैछ । उनले आफ्नो ५४ वर्षको जीवनमा ‘रामायण’ लगायत ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र तीन दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : १७ बजे

ट्रम्पद्वारा २३ देशलाई अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

वाशिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल

शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीसँग महासङ्घको माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायमा शान्ति सुरक्षाको

लोकतन्त्रको रक्षा गर्न अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह

काठमाडौं– अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र

मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन

रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय